Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा लोडसेडिङ तालिका सार्वजनिक गर्ने श्रेष्ठको सरुवा


    बुधबार, साउन २१ २०८२
    605
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा भएको छ ।

    गत साउन १० गते विद्युत आपूर्ति कट्टौती गर्ने एक दिने सूचना लोडसेडिङ कै झल्को दिने गरी प्रकाशन गरेका श्रेष्ठलाई प्राधिकरणले पूर्वी नवलपरासीको सदरमुकाम कावोसाती सरुवा गरिएको हो ।

    प्राधिकरणले कर्मचारी सेवा सर्त विनियमावली २०७५ को विनियम ४९ को उपविनियम १ को खण्ड(ग) बमोजिम वितरण तथा ग्राहक सेवा निर्देशानालय अन्तर्गत कावासोती वितरण केन्द्रमा सरुवा गरेको जनाएको छ ।

    चनौली वितरण केन्द्रमा माग अनुसारको विद्युत सप्लाई हुन नसकेको भनेर केन्द्र प्रमुख श्रेष्ठले लोडसेडिङ सम्झाउने गरी तालिका प्रकाशन गरेपछि प्राधिकरण आलोचित बनेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार