काठमाडौं । घटना तथा दुर्घटनाबारे तत्कालै जानकारी दिनको लागि चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल र धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीमा इलेक्ट्रिक डिभाइस Internet Of Things (IOT) जडान गरिएको छ ।
बढी दुर्घटना हुनसक्ने स्थान छनौट गरी सशस्त्र प्रहरी बल नेपाल र लुना जीपीएस कम्पनीको सहकार्यमा केही दिनअघि हाललाई दुई ठाउँमा सो डिभाइस जडान गरिएको हो । दुर्घटना भइहालेमा उक्त डिभाइसबाट तत्कालै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुनेछ ।
कुनैपनि घटना तथा दुर्घटना भएमा त्यसको जानकारी दिनको लागि उक्त स्थानमा रहेका स्थानीय वासिन्दा तथा घटनाबारे जानकारी पाउने जो कोहीले सो डिभाइसमा रहेको हरियो बटन १० सेकेण्डसम्म थिच्नुपर्ने हुन्छ, बटन थिचिसकेपछि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेको साइरन बज्नेछ भने मोनिटरमा लोकेसनसहितको जानकारी समेत हेर्न सकिने छ । यसरी घटनाबारे साइरन बजेर दुर्घटना स्थानकाबारे समेत जानकारी हुनासाथ तत्कालै उद्धारको लागि सुरक्षा फौज परिचालन हुनेछ ।
सो डिभाइसबारे तालिम शिक्षालय कुरिनटारले जडान गरिएका स्थानका स्थानीय वासिन्दाहरुलाई जानकारी गराउनुकोसाथै प्रशिक्षण समेत दिएको छ ।
त्यसैगरी नारायणघाटदेखि नागढुङ्गासम्मका स्थानीय बासिन्दा तथा सो क्षेत्रमा आपद् विपद्मा परेका व्यक्ति र घटना दुर्घटना देखेका व्यक्तिले आफ्नो मोवाईलमा समेत लुना जिपिएसको एप्स डाउनलोड गरी घटनाबारे जानकारी दिन सक्नेछन् । एप्सभित्र रहेको एसओएस (SOS) बटनमा क्लीक गर्दा त्यसभित्र रहेको चारवटा अप्सन एम्बुलेन्स, बाढीपहिरो, आगलागी र दुर्घटनाका अप्सनहरु देखिनेछ, त्यसमा कुन प्रकृतिको घटना हो त्यस अप्सनमा गई क्लीक गर्दा कुन व्यक्तिले जानकारी गराएको हो विवरणसहित विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुनेछ । सो एप्सलाई डाउनलोड गरी अफलाईनमा समेत जानकारी गराउन सकिनेछ ।
नारायणघाटदेखि नागढुङ्गासम्मको क्षेत्रमा प्रयोग गर्न सकिने मोवाइल एप्सले सो क्षेत्रमा हुने विपदमा तत्काल उद्धारका लागि सहजताका साथै आम नागरिकहरुको तत्कालै उद्धार तथा राहत कार्यमा प्रभावकारिता ल्याउने विश्वास गरिएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend