Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन(पूर्णपाठ)


    मंगलबार, साउन २० २०८२
    715
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् ।

    असार २३ गते प्रतिनिधिसभा बैठकबाट छानबिन समिति बनेको थियो । समितिलाई पहिला २१ दिन समय दिइएको थियो । पछि ७ दिन थपिएको थियो । त्यो समय साउन १८ गते नै सकिए पनि मङ्गलवार मात्रै प्रतिवेदन सभामुखलाई बुझाएको थियो ।

    प्रतिवेदनमा ६ परिच्छेद र ४ अनुसूची समावेश गरिएको सभापति परियारले जानकारी दिए । राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक तथा कर्मचारीलाई पदीय आचरण पूरा नगरेको देखिएको प्रतिवेदनमा राखिएको परियारले बताए ।

    कांग्रेस सांसद परियार सभापति रहेको समितिले सङ्घीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएको विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार