काठमाडौं । मङ्गलवार सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार बढेर बन्द भएको नेप्से,आज भने घटेर बन्द भएको हो ।
मङ्गलवार नेप्से परिसूचक ४१.७८ अङ्क घटेर २८३३.५७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.५१ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.७७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२६ अङ्क घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार करिब ११ अर्बको सेयर कारोबार भएको बजारमा ३२५ स्टकको १ लाख ३० हजार ९५३ पटकको कारोबारमा ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँबराबरको २ करोड २२ लाख ७ हजार कित्ता सेयर कारोबार भएको छ ।
आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । समाज लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको थ्रि स्टार हाइड्रोपावरको सेयरमूल्यसर्वाधिक १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३९ करोड २८ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, ट्रेड टावरको ३७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ३३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । आज लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । कारोबारमा आएको अन्य उपसमूहको परिसूचक सर्वाधिक २.७६ प्रतिशत घटेको छ । त्यसैगरी, विकास बैङ्क उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend