काठमाडौँ। अविरल वर्षासँगै आएको भेलले गुल्मीको डहरे खोलाले कार बगाएको छ । सत्यवती गाउँपालिका वडानम्बर(६ उर्लीखोला स्थित डहरेखोलामा शान्तिपुरबाट बुटवल तर्फ जाँदै गरेको बीएए ००१७ नम्बरको कार बगाएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान ११:४५ बजेको समयमा डहरे खोलाले बगाएर कार ५० मिटर तल पुर्याएको थियो । स्थानीय र ट्याक्टरको सहायताले कार खोलाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
खोलाले बगाउँदा कारमा क्षति पुगे पनि मानविय क्षति भने नभएको गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए । पक्की पुलको अभावले यस क्षेत्रका नागरिकले वषौंदेखि सास्ती खेप्दै आएका छन् ।
आइतबारदेखि गुल्मी लगायतका ठाउँमा निरन्तर वर्षा भइरहेको छ । वर्षातले डहरे खोलामा पानीको बहाव बढेकोले सडक अवरुद्ध हुँदै आएको थियो । डहरे खोला हुँदै वामिटक्सार र छिमेकी जिल्ला बाग्लुङबाट बुटवल छुटने सवारीसाधनहरू वर्षातको समयमा खोला बढ्दा बाटोमै घण्टौँ कुरेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
रिडीदेखि वामिटक्सार सम्मको सडक अन्तर्गत चार स्थानमा पक्की नहुँदा वर्षातको समयमा सवारी साधनहरूले सास्ती खेप्दै आएको छ । सडक सुचारु भएको बसौँ बित्दा समेत डहरे खोलामा पुल नहुँदा खोला तर्ने क्रममा सवारीसाधनहरू बगाउने समेत गरेको छ ।
सवारीसाधनको अत्यन्तै चाप रहेको उक्त सडकमा पक्की पुल र सडकको अवस्था अत्यन्तै दयनीय छ । पक्की पुल नहुँदा डहरे खोलामा अत्यन्तै जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको मुसिकोट नगरपालिका वडानम्बर-४ भुवाचिदीका समाजसेवी ज्ञानहरी सापकोटाले बताए ।
सडक डिभिजन कार्यालय पाल्पा मार्फत सत्यवती गाउँपालिकाको नादेवा खोला पुलशाहाघाट, सत्यवतीकै डहरे खोला पुल, सत्यवती र चन्द्रकोट गाउँपालिकाको भार्से खोला पुल चोरकाटेमा निर्माण कार्य भइरहेको छ ।
त्यस्तै चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको गिद्दी खोलामा पुल बनिरहेको छ । रिडी रुद्रावेनी वामिटक्सार सडक हुँदै गुल्मी र छिमेकी जिल्ला बाग्लुङसम्म पुग्ने सवारीसाधन आउजाउ गर्ने गर्दछन् । यो सडक गुल्मी जिल्लाको निकै पुरानो सडक हो ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend