Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘कुलिङ पिरियड’ छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन


    मंगलबार, साउन २० २०८२
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ । लामो छलफलपछि आज बिहान पारित भएको प्रतिवेदन समितिले सभामुख घिमिरेलाई बुझाएको हो ।

    नयाँबानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा आयोजित एक कार्यक्रमका बीच सभामुख घिमिरेलाई प्रतिवेदन बुझाइएको संसद् सचिवालयले जनाएको छ । लामो छलफलपछि समितिमा सहमति जुटेपछि प्रतिवेदन पास भएको छ ।

    आइतबारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति नभएपछि रातभर छलफल भएको थियो । रातभरको छलफलपश्चात् आज बिहान ४ बजे सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको हो । यो प्रतिवेदनमा राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडलाई मुख्य जिम्मेवार बनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार