Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुर्गा प्रसाईँलाई छाड्ने उच्चको आदेशविरुद्ध सरकार सर्वोच्च जाने


    मंगलबार, साउन २० २०८२
    705
    Shares
    फाइल फोटो
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च जाने भएको छ ।

    गत चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा रहेका प्रसाईँलाई सोमबार उच्चले ३ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

    उक्त आदेश मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को व्यवस्था प्रतिकुल रहेको ठहर गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च जाने निर्णाय गरेको हो ।

    महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सहन्यायाधीवक्ता उद्धवप्रसाद पुडासैनीले उच्चको आदेशमा गम्भीर त्रुटि भएको भन्दै सर्वोच्चमा आदेश बदर गरी प्रसाईँलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै निवेदन दिने निर्णय भएको जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार