Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • रास्वपाको सचिवालय बैठक बस्दै


    मंगलबार, साउन २० २०८२
    685
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा दिउँसो ३ बजे बस्न लागिएको रास्वपाले जनाएको छ ।

    बैठकमा समसामयिक राजनैतिक एवं पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ । त्यस्तै, बैठकमा रुपन्देहीमा बसेको संसदीय दलको बैठकको अपडेट, रुपन्देही-३ उपनिर्वाचन तयारी र दल दर्ताबारे छलफल हुनेछ ।

    यसका साथै सुदूरपश्चिम प्रदेश समस्या समाधान, विधान व्याख्या, अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना हुने फ्युचर लिडर्स समिट, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप लगायत विविध विषयमा पनि छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार