काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्लो तीन कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ८.६२ अङ्क बढेको हो ।
यो सँगै नेप्से २८६७ बिन्दुमा पुगेको छ । गत मङ्गलवार ३००२ अङ्कसम्म पुगेको बजार लगातार तीन कारोबार दिन कुल १४४ अङ्क घट्दै हिजो आइतबार २८५८ मा झरेको थियो ।
तीन दिनपछि बढेको बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८२ करोडको भयो । १४० कम्पनीको मूल्य बढ्दा ११० को घट्यो ।
आज बैङ्किङ ०.६८ प्रतिशत बढ्यो । जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०।५६, हाइड्रोपावर ०.०९ प्रतिशत बढे । होटल तथा पर्यटन ०.३९, विकास बैङ्क ०.०६, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२१, निर्जीवन बीमा ०।५३ तथा फाइनान्स ०.८२ प्रतिशतले घटे ।
नेप्सेको वेबसाइट आज शेयर बजार बन्द भएको केही समयपछि नै डाउन भएको छ । जसका कारण लगानीकर्ता वास्तविक बजार तथ्याङ्क पाउनबाट वञ्चित भएका छन् ।
बजार बन्द भएको करिब २०-२२ मिनेटपछि सामान्यतः नेप्सेले दिनभरको वास्तविक कारोबार विवरण सार्वजनिक गर्ने गर्छ । तर, आज बजार बन्द भएको करिब १ घण्टा बितिसक्दा पनि वेबसाइट खुलेको छैन । यो समाचार तयार पार्दासम्म पनि नेप्सेको वेबसाइट खुल्न सकेको छैन ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend