Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस


    सोमबार, साउन १९ २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौडा । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।

    केहीबेर अघिमात्रै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो । लगत्तै बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

    आइतबार बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । मुख्यमन्त्री लामाले संविधानको धारा १६९ को उपधारा १ को खण्ड (क) बमोजिम राजीनामा दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार