बारा । रौतहटमा ठक्कर दिएर भागेको पिकअप गाडी र चालकलाई प्रहरीले बारा पथलैयामा नियन्त्रणमा लिएको छ।
ठक्करबाट नेपाल प्रहरीका एकजना पूर्वअसईको मृत्यु भएको छ। दिउँसो सवा ३ बजे प्रहरी चौकी पथलैयाको टोलीले को २ च ३२६३ नम्बरको पिकअप गाडी र फरार चालकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका चालक मोरङ, सुन्दरहरैचा नगरपालिका–७, गोठगाउँ टोल निवासी ईन्द्रबहादुर दर्जीका छोरा, अन्दाजी २४ वर्षीय रमेश परियार रहेको ईलाका प्रहरी कार्यालय रौतहट बिजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले बताएका छन्। चालक सहित गाडीलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बिजयपुरमा ल्याईएको इन्स्पेक्टर यादवले जानकारी दिएका छन्।
आईतवार बिहान साढे १० बजे विजयपुरबाट जंगलसैया जाँदै गरेको प्रदेश २ ००३,००५ प ३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको रातो नम्बर प्लेटको पिकअप गाडीले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक कटहरिया नगरपालिका–५ निवासी नेपाल प्रहरीका पूर्व असई ६० वर्षीय सुशिलकुमार क्षेत्रीको दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो भने पछाडि सवार उनकी श्रीमती ५५ वर्षीया रिता रोक्काको खुट्टामा सामान्य चोट लागेको छ।
घाइते दम्पतीलाई उपचारका लागि तत्काल एम्बुलेन्सबाट पठाइएकोमा बिरगंज स्थित नेशनल मेडिकल अस्पतालका डाक्टरले पूर्व असई क्षेत्रीलाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले बताएका छन् । अर्की घाईते रोक्काको उपचार नेशनल मेडिकल अस्पतालमा भईरहेको छ । मोटरसाईकललाई ठक्कर दिएर चालकले पिकअप तीव्रगतिमा कुदाएर फरार भएका थिए।
दुर्घटनास्थलमा प्रहरी चौकी दुधिअवाबाट असई बिन्देश्वर प्रसाद यादवको कमाण्डमा तीन जनाको टोली खटिएको छ। माबी दुधिअवा अगाडी रहेको सिसी टिभी क्यामरामा ठक्कर दिएर भागेको पिकअप गाडीको नम्बर को २ च ३२६३ देखिएको इन्स्पेक्टर यादवले जानकारी दिएका छन्। इन्सपेक्टर यादवका अनुसार सिसी टिभीमा गाडीको नम्बर देखिए पछि सुनसरी प्रहरी संग समन्वय गरी गाडीको बारेमा बिस्तृत जानकारी लिएर प्रहरी सञ्चार पठाएको आधारमा गाडी सहित चालक पक्राउ परेका छन्।
उक्त स्थान प्रहरी चौकी दुधिअवाबाट करिब १ किलोमिटर पूर्वमा पर्छ।
स्थानिय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाको धेरै समय सम्म घाईते रोक्का बाटोमै लडेको अवस्थामा रहेकाले अत्यधिक रक्तश्राव भएर मृत्यु भएको थियो। पथलैया प्रहरीले यस घटनालाई गम्भीरताका साथ लिएर सफलतापूर्वक नियन्त्रणमा लिएको भन्दै प्रहरीको सतर्कता र सक्रियतालाई सर्वसाधारणले प्रशंसा गरेका छन्।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend