Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै


    आइतबार, साउन १८ २०८२
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरमा बस्ने तयारी छ ।

    प्रधानमन्त्री ओली आज मध्यराति तुर्कमेनिस्तान जाँदैछन् । त्यसअघि बैठक बस्न लागेको हो । बैठक बस्न मन्त्रीहरू बालुवाटार पुगिसकेको बताइएको छ ।

    प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै राति ११:५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुँदैछ ।

    प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार