रौतहट । अत्यधिक खडेरीका कारण उत्पन्न भएको पानीको संकट समाधान गर्न मौलापुर नगरपालिकाले सराहनीय पहल गरेको छ।
नगर प्रमुख मेयर रिना कुमारी साहको सक्रिय निर्देशनमा नगरपालिका प्रशासनको समन्वयमा नगरभरि विभिन्न स्थानहरूमा विद्युतीय मोटरसहितको डिप बोरिङ जडान कार्य तीव्र गतिमा सञ्चालन भएको छ।
हालसम्म मौलापुर नगरपालिकाले खडेरीको प्रतिकूल अवस्थामा समेत नगरवासीलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन १२ स्थानमा डिप बोरिङ जडान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले न्युज कारखाना लाई बताएका छन्। अधिकृत साहका अनुसार मौलापुर ३ पतौरा, वडा ४, पथरा बुधराम, ननकार पथरा वडा १, चिरचिरिया लगायतका स्थानहरूमा डीप बोरिङ जडान गरिएको हो।
नगरपालिकाले हालसम्मको सफलतामा चित्त नबुझाउँदै थप डिप बोरिङ स्थापनाको लागि आवश्यक समन्वय र तयारीहरूलाई समेत अगाडि बढाइरहेको उनले जानकारी दिएको छ। यसका लागि आवश्यक पूर्वाधार तथा प्रविधिको व्यवस्थापनका साथै प्राविधिक टोलीहरूको सक्रियता जारी छ।
नगरप्रमुख साहले डिप बोरिङ जडान कार्यमा प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग पु¥याउने सम्पूर्ण व्यक्तित्व, स्थानीयवासी, वडाध्यक्षहरू, प्राविधिक टोली तथा कर्मचारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा समेत जनहितका यस्ता कार्यलाई निरन्तरता दिइने प्रतिवद्धता जनाएका छन्।
सामुदायिक सेवा र उत्तरदायित्वको उदाहरणीय रूपमा मौलापुर नगरपालिकाले लिएको यो कदम नगरवासीहरूद्वारा व्यापक सराहना पाउँदै आएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend