Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामै ३४ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


    आइतबार, साउन १८ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको भाउबढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन तोलामै ३४ सय रुपैयाँले बढेको हो ।

    आज छापावाल सुन तोलाको एक लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन एक लाख ९३ हजार १०० रुपौयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी २ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

    आज १० ग्राम सुनको मूल्य एक लाख ६८ हजार ४७० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय २९ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार