भैरहवा । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ (पिआइयु), रूपन्देहीले आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत वार्षिक कार्यक्रमको सार्वजनिकरण गरेको छ।
कार्यक्रम कार्यान्वयन एकाइ, रूपन्देहीले कृषि यान्त्रिकीकरण, प्रविधि प्रवद्र्धन, सिँचाइ सुविधा विस्तार, व्यवसायिक कृषि प्रणाली र कृषक क्षमता अभिवृद्धिमा जोड दिँदै कार्यक्रम अघि बढाउने जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चापाईँले हालसम्मको कार्यान्वयनले अपेक्षित सफलता नपाएको उल्लेख गर्दै गम्भीर प्रश्न उठाए। उनले योजना निर्माण र कार्यान्वयनमा जनताको आवश्यकता पहिचान गर्न नसकेको उल्लेख गर्दै थपे, “जनताले के मागेका छन्, के चाहन्छन् भन्ने नितान्त बुझेर, जनतासँग गएर, जनताको लागि काम गर्नुपर्छ।”
कार्यक्रमका अध्यक्ष एवं कार्यान्वयन एकाइ रूपन्देहीका प्रमुख नारायण काफ्लेले विगत वर्षहरूको कार्य सम्पादन विवरण प्रस्तुत गर्दै, आगामी योजनाहरूको जानकारी दिए। “हामीले विगतका सिकाइका आधारमा यो वर्ष कार्यक्रम अझ प्रभावकारी र किसानमुखी हुने गरी अघि बढाउनेछौं। कृषिमा आधुनिकीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गराई किसानको जीवनस्तर सुधार हाम्रो मूल लक्ष्य हो,” प्रमुख काफ्लेले भने।
आर्थिक वर्ष २०८१/८२ मा कार्यक्रमअन्तर्गत ८ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो, जसमध्ये ६ करोड ९ लाख रुपैयाँ खर्च भएको छ। यसले ७२।६१ प्रतिशत बजेट कार्यान्वयन दर्शाउँछ। उनले भने। त्यस्तै, आर्थिक वर्ष २०७३/७४ देखि २०८१/८२ सम्मको अवधिमा कूल ६९ करोडभन्दा बढी बजेट विनियोजन गरिएकोमा ४३ करोड २ लाख रुपैयाँ खर्च भएको जानकारी दिइएको छ। यस अवधिमा समग्र खर्च ६२.३० प्रतिशत पुगेको छ।
कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, कृषक समूह, प्राविधिकहरू तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूबाट भविष्यमा कार्यक्रम अझ प्रभावकारी, पारदर्शी र कृषकको आवश्यकतामा आधारित बनाउन सुझावहरूसमेत प्रस्तुत गरिएका थिए।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend