Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड-नेपाल समूह आज माइतीघरमा धर्ना बस्‍दै


    आइतबार, माघ १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज माइतीघरमा धर्ना बस्ने भएकाे छ । संसद‌ विघटनकाे विराेधमा निरन्तर आन्दोलनमा रहेकाे प्रचण्ड-नेपाल समूहले मध्याह्न १२ बजेदेखि धर्नामा बस्न लागेकाे जनाएकाे छ। 

    प्रतिनिधि सभा विघटनको असंवैधानिक घोषणा खारेजी मागसहित माइतीघरमा जारी धर्नामा आज प्रचण्ड र नेपाल आउने भएका सो समूहका नेता विष्णु रिजालले जानकारी दिए।

    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले संसद विघटन गर्दै आगामी वैशाखमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । सो कदम असंवैधानिक भएको भन्दै सत्तारूढ नेकपा दुई धारमा विभाजित छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार