Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीको राष्ट्रघातः राष्ट्रवादको माला जप्दै, अरबौंका आयोजना भारतलाई सुम्पंदै


    आइतबार, माघ १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको बैठकले ६ सय ७९ मेगावाट जडित क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी सतलजलाई दिने निर्णय गरेको छ ।

    अरुण आयोजना निर्माणको जिम्मा भारतलाई दिएर ओलीले आफ्नो असली अनुहार उदांगो पारेका छन् ।

    चितवनमा राम जन्मिएका हुन् भन्दै आवरणमा राष्ट्रवादी देखाउने तर भित्रभित्रै अरबौंको अरुण तल्लो आयोजना भारतलाई सुम्पने ओली राष्ट्रवाद छताछुल्ल भएको छ । कालापानीको नक्सा जारी गर्ने र वास्तविक अयोध्या नेपालमै पर्छ भन्दै राष्ट्रवादको माला जप्दै अरुण तल्लोको ठेक्का भारतीय कम्पनी सतजललाई सुम्पिएका छन् ।

    आयोजना निर्माणमा चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पाेरेसन अफ चाइना लिमिटेडले पनि प्रस्ताव पेश गरेको थियो । तर प्रधानमन्त्री ओलीले भारतीय कम्पनी सतजललाई दिने निर्णय गरेका छन् । प्रधानमन्त्री ओलीको जोडमा भारतलाई तल्लो अरुण आयोजना निर्माणको ठेक्का दिइएको छ ।  

    भारतीय कम्पनी सतलजले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उसैलाई ओली सरकारले तल्लो अरुणको पनि जिम्मा दिएको छ । यो परियोजना संखुवासभा र भोजपुरमा बन्नेछ । 

    lagani bord.jpg

     

    फोटो साभारः ईकान्तिपुर 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार