Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनकोशी नदीमा हामफालेर काभ्रे तेमालका माझी बेपत्ता


    शनिबार, साउन १७ २०८२
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काभ्रेपलाञ्चोक । सुनकोशी नदीमा हामफाल्दा एक जना बेपत्ता भएका छन् । तेमाल गाउँपालिका–३, सरमथली माझीटोलका ७० वर्षीय गणेश माझी सुनकोशीमा हामफालेर बेपत्ता भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन घलेका अनुसार शनिबार दिउँसो तेमाल गाउँपालिका–३ को मलुवा भन्ने स्थानबाट उनी नदीमा हामफालेका थिए । प्रत्यक्षदर्शी स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    घटनापछि प्रहरी चौकी पचुवारघाटको प्रहरी टोली र स्थानीयवासीले बेपत्ता माझीको खोजी गरिरहेका जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ । बेपत्ता माझीको अवस्था अहिलेसम्म अज्ञात छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार