काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार सशर्त राजीनामा दिने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिवार बूढानीलकण्ठमा भएको छलफलमा लामाले आफूले नियुक्त गरेका मन्त्रीहरूलाई निरन्तरता दिने सर्तमा राजीनामा दिन सहमत भएका हुन् ।
मुख्यमन्त्री लामाले साउन १४ गते गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका थिए । तर, सत्ता साझेदार नेकपा एमालेले यी मन्त्रीहरूको शपथ रोकेको थियो ।
बूढानीलकण्ठ छलफलमा सहभागी प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले नयाँ गठन हुने सरकारमा यी तीनै मन्त्रीलाई शपथ खुवाउने सहमति भएको बताए ।
मुख्यमन्त्री लामा साउन १४ गते पार्टीको प्रदेश सभापति इन्द्रबहादुर बानियाँसँग दलको नेताको निर्वाचनमा पराजित भएका थिए ।
पराजयपछि उनलाई राजीनामा गर्न पार्टीभित्रै दबाब बढेको थियो । सभापति देउवाले बिहीबार लामालाई बोलाएर मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए।
काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको...
काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई)र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा गरी ३३४ जनाका लागि...
काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा-जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान...
काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद...
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र असहमत रहेका पक्षका लागि केन्द्रीय कार्यालयको मात्र नभई हृदयको ढोकासमेत खुला रहेको बताएका छन्। बिहीबार झापा निर्वाचन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend