Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवीन्द्र मिश्रलाई भेट्न भैँसेपाटीस्थित घरमै पुगे लिङदेन


    शुक्रबार, साउन १६ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको भैँसेपाटीस्थित घरमै पुगेका छन् । लामो समयदेखि अस्वस्थ रहेकी मिश्रकी आमासँग उनले भेटघाट गरे ।

    पार्टीभित्र दुई गुटको अन्तरद्वन्द्व चर्किएका बेला ‘न्यूट्रल’ रहेका मिश्रको घरमा लिङदेनको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेटघाटको प्रयोजन राजनीतिक नभए पनि यसले दुई नेताहरूबीचको आपसी सम्बन्धमा सुधार ल्याउने विश्वास गरिएको छ ।

    मिश्रकी आमा डिमेन्सिया रोगबाट ग्रस्त छिन् । उनी सबै कुरा बिर्सिँदै गएकी छन् । छोरालाई पनि कहिलेकाहीँ चिन्दिनन् । भेटका क्रममा मिश्रले आमालाई अध्यक्षसँग चिनाउने प्रयास गरेका थिए । लिङदेनले उनलाई स्वास्थ्य लाभको कामना गरे ।

    स्रोतका अनुसार लिङदेनले मिश्रको घरमा जाने योजना पहिल्यै बनाए पनि अहिले मौका जुरेको हो । पार्टीभित्र द्विपक्षीय टकराव चलिरहँदा कतै पनि नखुलेका मिश्रलाई विश्वासमा लिने प्रयासका रूपमा पनि यसलाई हेरिएको छ । यद्यपि, आजको भेटघाटमा राजनीतिक कुराकानी नभएको बताएको छ ।

    लिङदेनसँगै राप्रपाबाट बाग्मती प्रदेशकी सांसद लक्ष्मी घिमिरे र पार्टीका सहमहामन्त्री अमृत पुडासैनी पनि मिश्रको घरमा पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार