Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल अर्को मंसिरमा विकासशील राष्ट्र बन्ने प्रधानमन्त्रीको दाबी


    शुक्रबार, साउन १६ २०८२
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूहरूले देशलाई समृद्ध बनाउन काम गरिरहेको बताएका छन् ।

    बागमती प्रदेश पूर्णखोप घोषणा तथा बागमती डिजिटल हेल्थ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाललाई समृद्ध र आधुनिक बनाउन चाहेको बताए ।

    उनले भने, ‘हामी जहाँ सुशासन र स्वच्छता छ त्यस्तो देश बनाउन चाहन्छौँ । यहाँको जनतालाई सुखी बनाउन चाहन्छौँ । यो भन्दा पवित्र अरू उद्देश्य हुन सक्दैन । नेपाललाई समृद्ध आधुनिक देश बनाउने गरी अघि बढेको बताए ।’

    उनले भने, ‘हामी अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा अर्को वर्ष स्तर उन्नत हुँदैछ । आउँदो होइन अर्को मंसिरमा अल्पविकसितबाट विकास गरिरहेको, विकासशील राष्ट्रमा परिणत हुनेछ । ८३ मंसिरमा विकासशील राष्ट्र बन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार