Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागमतीका मुख्यमन्त्री लामा राजीनामा दिन तयार


    शुक्रबार, साउन १६ २०८२
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएका छन् ।

    पार्टी सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठमा बोलाएरै मार्ग प्रशस्त गर्न आग्रह गरेपछि राजीनामा दिने तयारी गरेका हुन् ।

    दलको नेतामा इन्द्र बानियाँसँग पराजित भए पनि लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान दिएका थिए । तर, देउवाको निर्देशनपछि हेटौँडा फर्केर राजीनामा दिने आफू निकटका नेताहरूलाई जानकारी गराएका हुन् ।

    दलको निर्वाचनमा मुख्यमन्त्री लामानिकट रहेका सांसद तीर्थ लामाले मुख्यमन्त्रीले भोलीसम्ममा राजीनामा दिने बताए ।

    लामाले राजीनामा दिएपछि बानियाँको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार