Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्री ५ को सरकार भनेपछि खानेपानी मन्त्री थापा भाइरल


    शनिबार, माघ १७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले आज सुर्खेतमा गरेको सम्बोधन चर्चामा छ । उनले सम्बोधनका क्रममा श्री ५ को सरकार भनेको भिडियो सार्वजनिक भएपछि उनी भाइरल भएका छन् । बोली चिप्लिएर उनले श्री ५ को सरकार भनेका होलान् । तर त्यो भिडियो नेकपाकै प्रचण्ड माधव समूह समर्थक कार्यकर्ताले सामाजिक संजालमा भाइरल बनाएका छन् ।

    ओलीले हिन्दू राज्य र राजा फर्काउनका लागि जनमत संग्रह गर्ने दिशामा मुलुकलाई लान खोजेको भन्ने आरोप लागिरहेको बेला मन्त्री थापाले श्री ५ को सरकार भन्ने शब्द उच्चारण गर्नुलाई बाघ कराउनु र बाख्रो हराउनुसँग तुलना गर्दै सामाजिक संजालमा टिकाटिप्पणी हुन थालेको छ ।

    मन्त्री थापाले ओली नेतृत्वकै सरकारलाई श्री ५ को सरकार भनेका हुन् कि भावी दिनमा राजा नै ल्याउने उद्देश्य भएकाले उनको मुखबाट फुत्किएको हो त्यो भने उनले स्पष्ट पारेका छैनन् । यद्यपि ओलीको पछिल्ला दिनका गतिबिधिले ज्ञानेन्द्र शाहले ०६१ मा गरेजस्तै देखिएका छन् । शाह २०६१ म जसरी मन्दिर घुम्ने गरेका थिए, त्यही शैलीमा ओली मन्दिर धाउन थालेका छन् ।

    ओलीलाई अब जनताको बल भन्दा पनि धर्मको नाममा राजनीति गर्ने रहर जागेको देखिएको छ । यसअघि कहिल्यै मठमन्दिरमा जाने र टीकाटालो नगर्ने ओलीले पशुपतिमा गएर पूजाआजा गर्ने र ३० करोड दिने घोषणा गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार