Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


    शुक्रबार, साउन १६ २०८२
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको भाउ तोलामा  ५ सय रुपैयाँले घटेको हो ।

    आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन एक लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी २ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

    आज दश ग्राम सुनको मूल्य एक लाख ६५ हजार ५५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय १६ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार