Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ३१.५० अङ्कले घट्यो नेप्से परिसूचक


    बिहिबार, साउन १५ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार घटेर बन्द भएको नेप्सेले बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    बिहीबार नेप्से परिसूचक ३१.५० अङ्क घटेर २९२२.६३ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.७१ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अङ्क घटेको छ।

    नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बुधवार १६ अर्ब ४४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा ३१८ स्टकको १ लाख ६८ हजार ५९४ पटकको कारोबारमा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँबराबरको ३ करोड ६८ लाख ७१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

    बिहीबार २ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार