Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नाउपा संसदीय दलका नेता गंगारामलाई रञ्जिताले सोधिन् स्पष्टीकरण


    बिहिबार, साउन १५ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले आफूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको भोलिपल्ट संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् ।

    श्रेष्ठले बिहीबार विधानविपरीत बैठकको अध्यक्षता गरी केन्द्रीय समिति बोलाएको भन्दै चौधरीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र लेखेकी छन् ।

    उनले आफ्नो अनुपस्थितिमा र बिना जानकारी साउन ३, ९ र ११ गते पार्टीको अन्तरिम विधान, २०७८ को अधिकार क्षेत्र नाघेर चौधरीले बैठक बसी गैरकानुनी निर्णय गरेको पत्रमा उल्लेख गरेकी छन् । श्रेष्ठले यो स्पष्टीकरण पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि पठाएकी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार