Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आईसीसी महिला टी-२० विश्वकप छनोट नेपालमा


    बिहिबार, साउन १५ २०८२
    940
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप छनोट नेपालमा हुने भएको छ। अर्को वर्ष जनवरी १२ देखि फेब्रुअरी १६ सम्म हुने आईसीसी महिला टी-२० विश्वकप २०२६ छनोटको नेपाल आयोजक बनेको हो।

    २०२६ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप छनोट खेलका लागि १० टोली सहभागी हुनेछन्। उत्कृष्ट ४ टोली विश्वकपमा छनोट हुनेछन्। २०२४ को आईसीसी महिला टी-२० विश्वकपमा सहभागिता जनाएका कारण बंगलादेश र आयरल्यान्ड स्वतः छनोट भइसकेका छन्।

    थाइल्यान्ड र नेपाल एसिया क्षेत्रबाट विश्वकप छनोट खेलका लागि योग्य भएका थिए। अमेरिकाबाट अमेरिकाले यो स्थान सुरक्षित गरेको थियो। बाँकी रहेको ५ स्थानका लागि अफ्रिका स्थानका लागि अफ्रिका र युरोपबाट २ टोली छनोट हुनेछन् भने पूर्वी एसिया प्रसान्त क्षेत्रबाट एक टोली छनोट हुनेछ।

    नेपालमा हुने छनोट खेलमा १० टोलीको सहभागी हुनेछ। त्यसलाई ५-५ टोलीको दुई समूहमा विभाजन गरिनेछ।

    त्यसपछि एक सुपर सिक्स स्टेज रहनेछ र फाइनल खेल हुनेछ। छनोट खेलको तालिका पछि सार्वजनिक गर्ने आईसीसीले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार