Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिहीबार सुनको भाउ घट्यो, तोलाको कति पुग्यो ?


    बिहिबार, साउन १५ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो ।

    आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन एक लाख ९४ हजार ४ रुपौयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी दुई हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी २ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

    आज दश ग्राम सुनको मूल्य एक लाख ६५ हजार ९८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ४६ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार