Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली-देउवा आज भेट्दै, मन्त्री हेरफेरबारे छलफल हुने


    बिहिबार, साउन १५ २०८२
    555
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता हुँदैछ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच आज बिहान ११ः ३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने भएको हो । भेटमा सरकारका कामकारबाही र विधेयकमा देखिएको असमझदारीबारे छलफल हुने बताइएको छ ।

    त्यस्तै मन्त्री हेरफेरको एजेण्डामा पनि छलफल हुने बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री ओलीले औसतभन्दा कमजोर कार्यसम्पादन भएका मन्त्रिहरु हेरफेरको तयारी गरेका छन् । तर, देउवा तयार नहुँदा ओलीले मन्त्रिहरु हेरफेर गर्न सकेका छैनन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार