Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेश प्रदेशका पूर्वप्रमुख अहिराजलाई थुनामा पठाउने आदेश


    बुधबार, साउन १४ २०८२
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बलत्कार आरोपी मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भन्ने राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।

    झामाथि पक्राउ परेको ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

    ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको भन्दै महिलाले दिएको उजुरीका आधारमा अहिराजलाई साउन ४ गते प्रहरीले पक्राउ गरेको थियो

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार