सर्लाही । कविलासी नगरपालिकाका नगरप्रमुख ब्रह्म देव रायले आफ्नै छोरालाई नगरपालिकामै रोजगार संयोजक पदमा नियुक्त गरेपछि स्थानीयस्तरमा विवाद चर्किएको छ।
स्थानीयहरूले यो नियुक्तिलाई नातावाद र कानुनी प्रक्रियाको उल्लङ्घन भएको भन्दै आपत्ति जनाएका छन्।
उनीहरूले नगरप्रमुखले खुला प्रतिस्पर्धाको प्रक्रिया बेपत्ता पारेर आफ्नै छोरालाई जागिर दिएको आरोप लगाएका छन्। नगरपालिकाले भने नियुक्ति प्रक्रिया सम्बन्धी कुनै जानकारी सार्वजनिक गरेको छैन।
तर, स्थानीयहरूमध्ये केहीले पदका लागि आवेदन दिएका उम्मेदवारहरूसँग लाखौँ रुपैयाँको कमिशन असुलिएको, अनि जागिर नपाएका केहीलाई पैसा फिर्ता गरिएको दाबी गरेका छन्।
‘फारम खुला गरियो, अन्तर्वार्ता पनि भयो, तर नियुक्ति अन्ततः आफ्नै छोरालाई गरियो,’ एक असफल उम्मेदवारले भने, ‘यो न्यायसंगत प्रक्रिया होइन।’
स्थानीय सामाजिक अभियन्ता र युवाहरूले यस घटनाबारे स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।
उनीहरू भन्छन्, “नगरपालिकामा राजनीतिक पहुँचका आधारमा हुने नियुक्ति बन्द हुनुपर्छ। योग्यलाई मौका मिल्नुपर्छ।”
यो विषयमा नगरप्रमुख रायले भने मिडियासँग औपचारिक प्रतिक्रिया दिन मानेका छैनन्।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend