Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ तोलामा १४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    बुधबार, साउन १४ २०८२
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १४०० रुपैयाँ बढेको हो ।

    मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन आज बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार