राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर ः रत्न श्रेष्ठ / रासस
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन्।
पार्टी मुख्यालय पेरिसडाँडामा आज ४ बजे बस्ने गरी बैठक बोलाएको ‘प्रचण्ड’ सचिवालयले जनाएको छ।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीभित्रको किचलो, १६ गतेबाट सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डाबारे छलफल हुने जनाइएको छ।
बैठकमा पार्टीले चलाएको दुई अभियानको पनि समीक्षा हुनेछ। स्थायी कमिटी बैठक लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने माओवादीको तयारी छ। पछिल्लो समय अध्यक्ष ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी फेरि सतहमा आएको छ।
शर्माले माथिबाटै पार्टी फुट्दै छ भन्ने प्रचार गराइएको भन्दै गएको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार विशेष महाधिवेशनमा जान प्रस्ताव अघि सारेका छन्।
बैठकमा पार्टीभित्र देखिएको असमझदारीबारे आगामी महाधिवेशनसम्मको विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend