Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपालले भने- ओलीकै कारण निर्मलाका बलात्कारीलाई कारवाही भएन


    शनिबार, माघ १७ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । नेकपा प्रचण्ड–नेपाल समूहका नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाएका छन्।

    निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर्न आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक–पटक भनेको तर उनले सुन्न नचाहेको आरोप लगाए । 

    नेकपा प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘निर्मलाको कुरा केपी ओलीले सुन्नै चाहेनन्। हामीले पटक–पटक भन्यौं, तर सुन्नै चाहेनन्। अनि हामीले भन्यो, यो सरकारको पहिलो गाँसमै ढुंगा पस्यो। झिंगा पस्यो। कस्तो लाजको सरकार, हामीले जोगाउनु परेको थियो।’

    प्रधानमन्त्री ओली अहंकारको घोडामा सवार नेपालको कुसन्तान रहेको बताउँदै नेता नेपालले अंहकारकै कारण उनी समाप्त हुने दाबी गरे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार