Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने


    बुधबार, साउन १४ २०८२
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो १:१५ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

    आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने र विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने छिन्।

    अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलपछि प्रधानमन्त्रीले सम्बोधनसहित जवाफ दिने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको हो।

    बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइनेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार