Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोटेकोसीमा फेरि भीषण बाढी, रसुवा र नुवाकोटमा उच्च सतर्क रहन आग्रह


    बुधबार, साउन १४ २०८२
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नुवाकोट । आज बिहान तीन बजेदेखि भोटेकोसीमा भीषण बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकोटका स्थानीय प्रशासनले उच्च सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

    नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ ।

    बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् ।

    बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका-५ स्थित ‘त्रिशूली-काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार