Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पतञ्जलि जग्गा प्रकरण: पूर्वमन्त्री छविराज सँग ५ लाख रुपैयाँ धरौटी माग


    मंगलबार, साउन १३ २०८२
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विशेष अदालतले पतञ्जलि जग्गा भ्रष्टाचारको आरोपमा मुछिएका पूर्वमन्त्री छविराज पन्तसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

    विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन सचिव समेत रहेका पन्तसँग पाँच लाख रुपैयाँ मागेको हो ।

    पन्तले हदबन्दी भन्दा बढीको जग्गा सट्टापट्टा र बिक्रीको अनुमतिका लागि पतञ्जलि योगपीठले पेश गरेको निवेदन सहितको फाइल मन्त्रिपरिषद्‌मा लैजान प्रस्ताव अघि बढाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार