Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी


    मंगलबार, साउन १३ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । चार दलीय समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा सुरु भएको छ ।

    समसामयिक राजनीति, मोर्चालाई थप प्रभावकारी बनाउने, भावी नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफलका लागि बैठक बसेको मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।

    मोर्चाले चैत १५ गते काठमाडौँमा विरोधसभा गरेपछि त्यसयता कुनै कार्यक्रम गरेको छैन । विप्लवले पटक पटक बैठक बस्न आग्रह गर्दा पनि प्रचण्ड र नेपालले कुनै चासो नदिएकोमा असन्तुष्ट देखिन्छन् ।

    गत वर्ष साउन १ गते मोर्चा पुनर्गठन भएपछि मोर्चामा नेकपा, माओवादी, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार