Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीले भन्यो- माओवादीबाट एकताको प्रस्ताव आएको छ


    मंगलबार, साउन १३ २०८२
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले माओवादी केन्द्रबाट पार्टी एकताको प्रस्ताव आएको बताएका छन् ।

    पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष ज्वालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पछिल्लो समय उक्त प्रस्ताव आएपछि समाजवादी भने एकताका लागि तयार नरहेको बताए ।

    ‘माओवादीबाट एकता गरौं भन्ने प्रस्ताव आएको छ । तर हामीले ठोस रूपमा छलफल निष्कर्ष गरेका छैनौं,’ ज्वालाले भने । उनले समाजवादी अरू पार्टीसँग एकीकरण गर्ने भन्दा पनि आफ्नै पार्टीलाई कसरी बलियो बनाउने भन्नेमै रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार