Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भेरी नदी खतराको सतह नजिक, सतर्क रहन आग्रह


    मंगलबार, साउन १३ २०८२
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत। भेरी नदीमा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले सर्तक रहन आग्रह गरेको छ ।

    भेरी नगरपालिका- १ रिम्ना जाजरकोटमा रहेको भेरी रिम्जलमापन केन्द्रमा पानीको वहाब बढेको सूचना आएको प्राप्त भएपछि प्रशासनले तटीय क्षेत्रमा सतर्क रहन भनेको हो ।

    जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भने, ‘जलसतह बढ्दो क्रममा भई खतरा तह आसपास रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ, नदीको किनारमा रहेका बस्तीका स्थानीयवासीलाई सर्तक रहन आग्रह गरिएको छ । प्रहरीलाई पनि यसबारे खबर गरिएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार