Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हराएका १६ जना हायू परिवारको मोबाइल लोकेसन शुक्रवार राति रामेछाप देखियो


    सोमबार, साउन १२ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका एकै परिवारका १६ जना हायू परिवारको अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा देखिएको खुलेको छ ।

    गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि बेपत्ता छन् ।

    उनीहरूको मोबाइल ट्रेस गर्ने क्रममा प्रहरीले अन्तिम लोकेसन रामेछाप नगरपालिका–९ सिमन्दीछाप भन्ने स्थानमा देखिएको हो । बिहीबारदेखि सम्पर्कविहीन भएका उनीहरूको लोकेसन शुक्रवार राति १० बजेर ९ मिनेट जाँदा रामेछापमा देखिएको हो ।

    बेपत्ता परिवारका सदस्यको मोबाइल अफ हुनुअघि अन्तिम लोकेसन पत्ता लागेपछि त्यहाँ रहेको हुनसक्ने आशङ्काले प्रहरी घटनास्थलतर्फ गएको छ । तर, सिमन्दीछाप क्षेत्रको टावरबाट सिन्धुलीमा उनीहरूको घर भएको क्षेत्रमा कभरेज टिप्ने भएकाले पनि देखाएको हुनसक्ने अनुमान गरिएको छ । बिशेषगरी हायू समुदायको बसोबास रहेको रामेछाप नगरपालिकाको ८ र ९ मा प्रत्येक घरमा प्रहरी पुगेर खोजी कार्य भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार