Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड र ओलीलाई निर्वाचन आयोगले फेरि बोलायो


    शनिबार, माघ १७ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै समूहका अध्यक्षलाई पुनः बोलाएको छ । निर्वाचन तयारी र दल दर्ताका बारेमा छलफल गर्न नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समूहलाई पुनः बोलाउन लागेको हो । निर्वाचन तयारीका विषयमा छलफल गर्न शुक्रबार दुवै अध्यक्षलाई बोलाइएको थियो । तर दुवै अध्यक्ष नगएपछि आयोगले पुनः बोलाएको छ ।

    आयोगले गत हप्तामात्रै नेकपा फुटलाई अमान्य घोषणा गरी केपी शर्मा ओली र पुष्यपकमल दाहाल अध्यक्ष रहेको ४४१ सदस्यीय केन्द्रीय कमिटी नै बैधानिक भएको घोषणा गरेको थियो ।

    प्रचण्ड माधवले समूह थप समय माग्दै छलफलमा भाग नलिएपछि ओली पक्षका नेताहरूसँग निर्वाचन तयारीबारे अनौपचारिक छलफल गरेको थियो । प्रचण्ड माधव समूहले १८ गतेसम्म समय मागेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार