Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पूर्व राष्ट्रपतिको सम्मानमा सदस्यता नविकरण नगरिएको हो: महासचिव पोखरेल


    आइतबार, साउन ११ २०८२
    770
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा भएका आदिवासी जनजातीहरुको उत्थानका लागि समुदायमा आधारित बेग्लै आर्थिक समृद्धिको ढाँचा तयार पार्नु पर्नेमा जोड दिए ।

    काठमाडौंमा सम्पन्न लोकतान्त्रीक आदिवासी जनजाती महासंघद्धारा आयोजित जातीय घटक संघहरुको बिस्तारित बैठकमा प्रशिक्षणमुलक मन्तव्य राख्दै महासचिव पोखरेलले यस्तो कुरामा जोड दिएका हुन्।

    हरेक आदिवासी समुदायहरुको परम्परागत सामाजिक, आर्थिक प्रर्णाली फरक–फरक हुने भएकाले त्यसैसँग मिल्ने परम्परागत प्रर्णालीलाई आधार मानेर तिनै तहका सरकारले आर्थिक समृद्धीको ढाँचा तयार पारेर विकासका गतिविधि अघि बढाउनु पर्नेमा पोखरेलले जोड दिए ।

    ‘आदिवासी जनजातीको विकास भन्दै आफूले चाहेको र बाहिर देखेको विकासको मोडेल हामीले कार्यान्वयनमा ल्याउने गरेका छौं । त्यसले कार्यक्रम रहुञ्जेल केहि सफल जस्तो देखिएपनि त्यसको स्थायित्व हुने देखिएन’, महासचिव पोखरेलले भने, ञप्रत्येक समुदायले लामो समयदेखि अंगिकार गरेको परम्परागत प्रर्णालीलाई आधुनिक विकाससँग अन्तरसम्बन्धित गराएर सबै तहका सरकारले आप्mना नीति तथा कार्यक्रम निर्माण गर्ने हो भने वास्तवमा आदिवासी जनजातीको आर्थिक समृद्धि टाढा छैन् ।’

    हरेक समुदायको सामाजिक विकासलाई भाषा, संस्कृती र सामाजिकताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै महासचिव पोखरेलले हामीले गर्ने आधुनिक विकासले तिनै चिजलाई एकै साथ अघि बढाउन नसकेकै कारण हाम्रो विकासको मोडेल अपेक्षित प्रभावकारी हुन नसकेको दावी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार