काठमाडौं । पोखराबाट स्रोत नखुलेको लाखौं नेपाली र विदेशी रुपैयाँसहित तीन जना पक्राउ परेका छन्। कास्की प्रहरीको टोलीले शनिबार साँझ ५ बजे पोखरा महानगरपालिका९१० बिरौटाबाट तीन जनालाई पक्राउ गरेको हो।
शंकास्पद रूपमा विदेशी रुपैयाँ विनिमय गरिरहेको सूचनाका आधारमा गएको टोलीले रुपन्देही सिद्धार्थनगर–१३ हाटबजारका रेष्टुरेन्ट सञ्चालक ४५ वर्षीय महुमुद्दिन एम अहमदसहितलाई पक्राउ गरेको हो।
अन्य पक्राउ पर्नेमा झापा दमक नगरपालिका–४ का ४५ वर्षीय राजकुमार बुढाथोकी रहेका छन्। पोखरा–६ बैदाम बस्दै आएका उनी हिलारी मनि चेन्जरका सञ्चालक हुन्। यस्तै, प्रहरीले पोखरा–१९ पुरनचौरका ४३ वर्षीय खेमराज पौडेललाई पक्राउ गरेको छ। उनी सगरमाथा मनी चेन्जरका सञ्चालक रहेको प्रहरीले जनाएको छ।
तीनै जनालाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी राष्ट्र बैंक अन्तर्गतको कसुरमा अनुसन्धान थालिएको जनाएको छ। कास्की प्रहरी प्रमुख श्याम ओलियाका अनुसार उनीहरूको साथबाट ४३ लाख ७३ हजार ७०० रुपैयाँ नेपाली बरामद भएको छ।
यस्तै, अमेरिकी डलर १९ हजार ६००, युरो ३ हजार २०० बरामद भएको छ। हालको मुद्रा दर अनुसार बरामद रकम जम्मा ७५ लाख ९६ हजार ९०० रहेको ओलियाले बताए। पक्राउ परेका महुमुद्दिन रुपन्देही तथा पोखरामा रेष्टुरेन्ट व्यवसायी गर्ने व्यक्ति हुन्। उनी विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने गर्छन्।
बुढाथोकी २० वर्षदेखि लेकसाइटमा मनी चेन्जर सञ्चालन गरिरहेका व्यक्ति हुन्। उनले विदेशी मुद्राको अवैध सटहीको कारोबार गर्ने गरेको प्रहरीको भनाइ छ। यस्तै, पौडेल विगत १४ वर्षदेखि लेकसाइडमा मनी एक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध रुपमा विदेशी मुद्रा सटहरी सम्बन्धी काम गरिरहेको प्रहरीको भनाइ छ।
उनीहरूलाई राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ अनुसार विदेशी मुद्रा विनिमय गरेको कसुरमा अनुसन्धान थालिएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend