काठमाडौँ । डा। सीके राउत नेतृत्वमा रहेको जनमत पार्टीले संघीय लोकतान्त्रिक मोर्चामा रहनेरनरहनेमा पुनर्विचार गर्ने भएको छ ।
मधेश केन्द्रित सात दलको संयुक्त मोर्चामा सहकार्य निरन्तरता दिनेबारे पुनर्विचार गर्ने भएको हो । जनमतले मूलतः तीन विषय उठाएर मोर्चामा सहकार्यमा पुनर्विचार गर्ने भएको छ ।
जनमतले संघीय लोकतान्त्रिक मोर्चामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको सहभागी हुन नसकेकोप्रति प्रश्न उठाएको छ । सात सांसद रहेको जसपा मधेशी दलहरूमा सबैभन्दा ठूलो दल हो । अशोक राई नेतृत्वको जसपालाई मोर्चामा सहभागी नगराइएको प्रति चासो रहेको जनमतका प्रवक्ता डा। शरदसिंह यादवले बताए ।
जनमतले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालप्रति संशय व्यक्त गरेको छ । सत्ता गठबन्धनबाट जनमतलाई बाहिर राख्ने र त्यो ठाउँ आफूले लिने गरी जसपा नेपालले चलखेल गरेको जनमतको आशंका छ । यद्यपि, जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छ ।
जनमतका नेताहरूका अनुसार मोर्चामा सहकार्यमा समस्या देखिएको तेस्रो विषय रुपन्देही–३ को उपनिर्वाचन छ । मधेश केन्द्रित छ दल रुपन्देही–३ मा नागरिक उन्मुक्तिबाट साझा उम्मेदवार बनाउन तयार छन् । जनमतले आफ्नै उम्मेदवार हुने भन्दै तयारी गरेको छ ।
मोर्चामा रहेका दलहरूले आलोपालो बैठक बोलाउँदै आएका छन् । सोमबार जसपा नेपालले बैठक डाकेको छ । जनमतका नेताहरूका अनुसार भोलिको बैठक सहभागी नहुने सम्भावना बढी छ ।
मोर्चामा जनमत, जसपा नेपाल, नाउपा, राजेन्द्र महतोको नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराइ मधेस लोकतान्त्रिक पार्टी छन् ।
गत चैतमा सात दल मिलेर संघीय लोकतान्त्रिक मोर्चाको गठन गरिएको थियो ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend