काठमाडौं । ऊर्जामन्त्री दिपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने चर्चालाई खण्डन गरेका छन् । उनले प्रकाशित सूचनामा लेखाइ गलत भएको बताएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले लाइन मिलाउनुपर्ने भएकाले बेलुकीको समयमा पानी तान्ने पम्प नचलाइदिन भनिएको दाबी गरे । ‘लोडसेडिङ होइन, लेखाइ गलत भएको हो’ उनले भने, ‘पानी तान्ने पम्प हुन्छ । लाइन मिलाउनुपर्ने भएकाल दुई दिनका लागि बेलुका काम गर्ने समयमा पानी तान्ने पम्प नचलाइदिन भनेको हो ।’
नेपाल विद्युत प्राधिकरणले चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने सूचना जारी गरेको थियो । त्यस सूचनाका आधारमा विभिन्न सञ्चारमाध्यमले ‘चितवनमा लोडसेडिङ सुरु’ भएको समाचार प्रकाशित गरेका थिए ।
मिडियाहरुमा आएको समाचारप्रति ध्यानाकर्षण जनाउँदै मन्त्री खड्काले चितवनमा लोडसेडिङ नगरिएको दावी गरेका हुन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend