काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संवैधानिक परिषद्मा बहुमतले निर्णय गर्न सक्ने व्यवस्था राख्नुपर्ने बताएका छन्।
आइतबार होटेल यल्लो प्यागोडामा केही पत्रकारहरुसँग कुराकानी गर्दै उनले निर्णयको सहजताका लागि त्यस्तो व्यवस्था राख्नुपर्ने तर्क गरेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले भने बहुमतले निर्णय गर्न सक्नेगरि संसदबाट पारित भएर गएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता गरिदिएका छन्।
‘मलाई लागेको के हो भने संवैधानिक परिषद्ले पहिलो चरणमा सर्वसम्मतीले निर्णय गर्नुपर्छ। त्यसबेला बहाल रहेका सबै सदस्यहरू उपस्थित भएनन् भने सबै उपस्थित हुनुपर्छ र सर्वसम्म निर्णय लिनुपर्छ भन्ने पहिलो हो,’ सिटौलाले भने, ‘विधेयकको मनसाय त्यही मैले बुझेको हो।’
संवैधानिक पषिद्मा ६ जना सदस्य हुने र चुनाव हुने बेला ३ सदस्य मात्रै कायम रहने भन्दै त्यसको बेला पनि निर्णय गर्नुपर्ने सिटौलाले उल्लेख गरे।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend