धनगढी । सुर्खेतमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । वीरेन्द्रनगर- १३, करेखोला बस्दै आएका दानसिंह ठाडामगरले सँगै सुतिरहेकी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ४२ वर्षीय ठाडाले ४१ वर्षीया श्रीमती रविना थापाको आइतबार बिहानपख हत्या गरेका हुन् । हत्यालगत्तै ठाडामगरले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए । उनले त्यसअघि प्रहरीको फोन नम्बर माग्न वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई समेत फोन गरेका थिए ।
वडाध्यक्ष कोइरालाका अनुसार आइतबार बिहानपख करिब दुई÷सवा दुई बजेतिर फोन गरेर प्रहरीको नम्बर मागेको थियो । तर, श्रीमतीको हत्या गरेको बताएनन् । उनले दुबईमा भएको छोरो, जापानमा भएकी छोरी र प्रहरीलाई फोन गरेर श्रीमती मारेको खबर गरेको वडाअध्यक्ष कोइरालाले बताए ।
त्यसलगत्तै नगर प्रहरी र करे खोला चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मोहनजंग बुढथापाले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको छ । ठाडामगरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
दानसिंह नेपाली सेनाबाट अवकाश प्राप्त हुन् । उनको एउटा छोरो दुबईमा र एउटी छोरी जापानमा छन् । अर्की एउटी छोरी सुर्खेतमै छिन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend