Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इरानको जेलमा रहेका ५ जना नेपाली स्वदेश फर्किए


    शुक्रबार, साउन ९ २०८२
    660
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फर्केका छन् ।

    अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा ८ साउनमा (हिजो) उनीहरू काठमाडौँ आएका हुन् ।

    परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर उनीहरू फर्केको जानकारी गराएको हो । इजरायल र इरानबीच भएको युद्धविराम पश्चात् स्थिति क्रमशस् सहज हुँदै गएको छ ।

    ती दुई देशमा द्वन्द्वको अवधिमा सरकारले भारत सरकारलाई अनुरोध गरेर ९ नेपाली स्वदेश फर्केका थिए । भारतीय विमानले तीन लटमा गरी ९ जना नेपाली नागरिकलाई फिर्ता गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार