Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीद्वारा सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा माग


    शुक्रबार, साउन ९ २०८२
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिको नेतृत्व सत्तापक्षले गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलमाथि प्रश्न उठ्दा समेत राजीनामा नदिएको बताए ।

    उनले भने, ‘समितिको नेतृत्वबारेमा प्रश्न उठ्दा पनि आजसम्म मार्ग प्रशस्त गरेका छैनन्। म मार्ग प्रशस्त गर्न आग्रह गर्छु ।’

    भ्रष्टाचार काण्डमा मुछिएका मन्त्रीहरूलाई सरकारले कारबाही गर्नुको सट्टा संरक्षण गरेर राखेको आरोप लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार